‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर पार्टनर्स मिट २०२६’मा थाइल्यान्डमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने अविस्मरणीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको उक्त कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको बताइएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा यामाहा नेपाल पार्टनर्स मिट एवं नेटवर्किङ सेसन थिए । ‘गाला डिनर’मा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मानसमेत गरिएको बताइएको छ । बिएन्डबी अटो ट्रेडर्स प्रालि, विराटचोकले बेस्ट सोसल मिडिया प्रेजेन्स अवार्ड प्राप्त गरेको छ भने एमएडब्लू प्रालि, नेपालगन्ज बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन अवार्डबाट सम्मानित भएको छ ।
त्यसैगरी लुम्बिनी अटो वर्क्स, ग्वार्कोले बेस्ट स्पेयर्स अवार्ड, राज मोटर्स प्रालि, हेटौँडाले बेस्ट सर्भिस अवार्ड तथा भिएडब्लू इन्टरप्राइजेज प्रालि, पोखराले हाइएस्ट एएमसी सेल्स अवार्ड प्राप्त गरेका छन् ।
बेस्ट डिलरतर्फ क्याटेगोरी ‘ए’मा दीपेश इन्जिनियरिङ अटो पार्टस् एन्ड सप्लायर्स, मेहेलकुना, क्याटेगोरी ए१ मा बिएन्डबी अटो ट्रेडर्स प्रालि, विराटचोक, क्याटेगोरी ए२ मा राज मोटर्स प्रालि, हेटौँडा तथा क्याटेगोरी ए३ मा नवीन अटो सेन्टर, नारायणघाट उत्कृष्ट डिलर घोषित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इन्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले यामाहाका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नेपालको इलेक्ट्रिफिकेसनतर्फको विशिष्ट यात्राको प्रशंसासमेत गरे ।