इतिहासमा आज

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

सन् १९४५ : अमेरिकाले जापानको हिरोसिमा सहरमा ‘लिटल बोई’ नामक आणविक बम खसाल्यो । बम खसेको पहिलो चार दिनमा यसको असरबाट करिब एक लाख २० हजारको ज्यान गएको थियो ।

सन् १६६१ : ‘हेग सन्धि’ कार्यान्वयनमा आएसँगै डच गणतन्त्रले ब्राजिलको स्वामित्व औपचारिक रूपमा पोर्चुगललाई हस्तान्तरण गर्यो ।

सन् १८९० : विलियम केम्मलर विद्युतीय कुर्सीमार्फत करेन्ट लगाएर मृत्युदण्डको सजाय दिइने पहिलो व्यक्ति बने । उनलाई श्रीमतीलाई बन्चरोले हानेर मारेको मुद्दामा मृत्युदण्ड दिइएको थियो ।

सन् १९६२ : तीन सय वर्ष लामो ब्रिटिस उपनिवेशबाट जमैकाले स्वतन्त्रता हासिल गर्यो ।

सन् १९६५ : अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनले ‘भोटिङ राइट्स एक्ट’मा हस्ताक्षर गरेर त्यसअघि दक्षिणी भेगका अश्वेतले मत हाल्न साक्षर रहेको प्रमाण पेस गर्नुपर्ने अभ्यास अन्त्य गरे ।

सन् १९९० : पाकिस्तानका राष्ट्रपति गुलाम इसाक खानले देशका प्रधानमन्त्री बेनजिर भुट्टोलाई ‘भ्रष्टाचार र नातावाद’को आरोप लगाउँदै बर्खास्त गरे ।

सन् १९९१ : स्विट्जरल्यान्डमा रहेको प्रयोगशाला सर्नमा कार्यरत ब्रिटिस भौतिकशास्त्री टिम बर्नर लीले विश्वको पहिलो वेबसाइट ‘इन्फो डट सर्न डट सिएच’ सार्वजनिक गरे, जसलाई इन्टरनेटको पहिलो वेबसाइट मानिन्छ ।

सन् २०२४ : प्रधानमन्त्री सेख हसिना अपदस्थ भएपछि युरोपमा बसिरहेका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम प्रधानमन्त्री चुनियो । 

सुझावित समाचार