सरकारले घरदैलोमा राहदानी पुर्याउने घोषणा गरेर काम गरे पनि बर्दियामा यसको आकर्षक खासै देखिएको छैन । सरकारले जिल्ला हुलाक कार्यालयमार्फत घरदैलोमा राहदानी पुर्याउने घोषणा गरेर काम गरे पनि बर्दियामा यसको आकर्षक खासै देखिएको छैन ।
मन्त्रिपरिषद्को १४ चैत ०८२ मा बसेको पहिलो बैठकले राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्रलगायतका सरकारी सेवा घरमै पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला हुलाक कार्यालय बर्दियाबिच ३० वैशाख ०८३ मा सम्झौता भएको थियो। सम्झौताअनुसार पासपोर्ट घरमा लिन चाहने व्यक्तिले राहदानीका लागि लाग्ने शुल्कबाहेक थप ५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
जिल्ला हुलाक कार्यालय बर्दियाका कार्यालय प्रमुख जगतबहादुर घर्तीले अहिलेसम्म सातजना सेवाग्राहीको पासपोर्ट घरमा पुर्याएकाे बताए। उनले भने, ‘राहदानीको फारम भर्न आउने व्यक्तिले देख्ने गरी सूचना राखिएको छ। राहदानी फाँटमा कर्मचारीले पनि घरदैलो सेवाबारे जानकारी दिने गर्नुभएको छ।’
दुई कार्यालयबिच सम्झौता भएको करिब तीन महिना हुन लाग्दासम्म सरकारले ल्याएको कार्यक्रममा खासै आकर्षक देखिएको छैन। घरदैलो सेवा सञ्चालनमा आए पनि धेरैजसो सेवाग्राही आफैँ जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी लिने गरेका छन्।