निर्मल पुर्जालाई राष्ट्रिय सम्मान दिन सांसद इन्दिरा रानामगरकाे माग

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेकी छिन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रानामगरले हिमाल आरोहणमार्फत पुर्जाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको शव सोमबार फेला परेको थियो। उनको निधनले नेपाली पर्वतारोहण क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै सांसद रानामगरले श्रद्धाञ्जली व्यक्त गरिन्।

ब्रोड पिक घटनामा ज्यान गुमाएका अन्य आरोहीहरूप्रति पनि उनले समवेदना प्रकट गरिन्। पुर्जाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनाभन्दा कम समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

सुझावित समाचार