लिटमसको पावर पार्टनर्स मिट कार्यक्रम

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिटमस इन्डस्ट्रिज लिमिटेडले चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सयजना च्यानल पार्टनरको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्कबिचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रममा लिटमस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो । सो क्रममा कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो । साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः दोहोर्याएको छ ।

डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिटमस एक्सिलेन्स अवार्डसहितका विभिन्न विधामा पुरस्कार प्रदान गरेको बताइएको छ ।

लिटमसका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे । ‘लिटमसका लागि गुणस्तर केवल प्राथमिकता होइन, हाम्रो ब्रान्डको आधार र प्रत्येक ग्राहकप्रति गरिएको प्रतिबद्धता हो,’ उनले भने, ‘डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ ।’

पावर पार्टनर्स मिटले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवर्द्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताइएको छ । 

See More On

सुझावित समाचार