नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि हुँदै चार हजार ३५० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।