नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको जनाइएको छ।
बैठकमा पार्टीभित्रको इतर समूहले घोषणा गरेको राष्ट्रिय भेला तथा आगामी महाधिवेशनका विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ।