इतिहासमा आज

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

सन् १९९० ः इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले कुवेत कब्जा गरे । अन्तर्राष्ट्रिय दबाबका बाबजुद हुसेनले कुवेत छाड्न नमानेपछि पहिलो खाडीयुद्ध सुरु भएको थियो । युद्धमा अमेरिकाको नेतृत्वको अन्तर्राष्ट्रिय फौजले इराकलाई हराएर पछि हट्न बाध्य बनाएको थियो ।

सन् १५८९ :  फ्रान्समा धार्मिक युद्धका क्रममा क्रिस्चियन गुरुले राजा हेनरी द्वितीयको हत्या गरे ।

सन् १७९० :  अमेरिकामा पहिलो जनगणना सुरु ।

सन् १८३० ः फ्रान्समा भएको जुलाई क्रान्तिको दबाबमा राजा चार्ल्स दशमले राजकाज परित्याग गरे ।

सन् १९१८ :  ब्रिटिस फौज रुसमा साल सेना र श्वेत सेनाबीच चलिरहेको गृहयुद्धमा श्वेत सेनालाई सघाउन रुसको आर्चन्जेलमा अवतरण गर्यो ।

सन् १९२३ :  अमेरिकी राष्ट्रपति वारेन जी हार्डिङको कार्यकालको दुई वर्षमै हृदयाघातका कारण निधन । हार्डिङको निधनपछि अमेरिकाको संविधानअनुसार उपराष्ट्रपति केल्भिन कुलिजले बाँकी अवधि राष्ट्रपतिको जिम्मेवारी सम्हाले । हार्डिङ कार्यकालमै मृत्यु हुने आठजना अमेरिकी राष्ट्रपतिमध्ये एक हुन् । (जसमध्ये चारको प्राकृतिक कारण र चारको हत्या भएको थियो ।)

सन् १९३४ :  वयोवृद्ध जर्मन राष्ट्रपति पल भोन हिन्डेनबर्गको शासनमै रहँदा ८६ वर्षको उमेरमा मृत्यु । हिन्डेनबर्गको मृत्युपछि तत्कालीन प्रधानमन्त्री (चान्सलर) हिटलरले नयाँ राष्ट्रपति चयन गर्न आनाकानी गर्दै आफ्नो शक्ति थप बढाएका थिए ।

सुझावित समाचार