साम्प्रदायिक सदभावमा खलल पुर्‍याएको आरोपमा विभिन्न जिल्लाबाट ६५ जना पक्राउ

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मिति २०८३ साउन १३ गतेदेखि साउन १६ गते बिहान ०९:०० बजेसम्मको अवधिमा सञ्चालन गरिएको सुरक्षा कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूको जिल्लागत विवरण

धनुषाबाट ४५ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, सुनसरीबाट २ जना, पर्साबाट १ जना र सप्तरीबाट १ जना गरी ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । 

See More On

सुझावित समाचार