सेयर बजारका सबै सूचकमा गिरावट, कारोबार रकम साढे तीन अर्बभन्दा तल

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

बिहीबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १६.२९ अंकले घटेर दुई हजार ६७२.५८ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले ओरालो लागेको छ।

आज कारोबार रकममा समेत गिरावट देखिएको छ। बुधबार चार अर्बको सेयर कारोबार भएकोमा आज घटेर तीन अर्ब ३८ करोड १३ लाखमा झरेको हो। यस दिन ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता सेयर खरिद–बिक्री भए।

बिहीबार नेप्सेका १३ वटै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै गिरावट भएको विकास बैंक र जलविद्युत् समूहको सूचक एक प्रतिशतभन्दा धेरैले घटेका छन्। बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

बजार घटे पनि एभरेस्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स, शुभम् पावर र तारागाउँ रेजेन्सीका लगानीकर्ताले दुई प्रतिशतभन्दा धेरै कमाए।

सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा भने कालिन्चोक हाइड्रो र कर्पोरेट विकास बैंक छ। यी कम्पनी क्रमशः १४.९९ र १२.३० प्रतिशतले घटेका हुन्।
 

सुझावित समाचार