प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरेकाे प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक विषय, सरकारी कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ।