पाकिस्तानलाई १६१ रन आवश्यक

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा जित निकाल्न पाकिस्तानलाई १६१ रन आवश्यक छ । घरेलु टोली वेस्ट इन्डिजले जितका लागि २११ रन दिएको छ । पहिलो टेस्टको चौथो दिन पाकिस्तानले मंगलबार तीन विकेट गुमाएर २८ रन जोडेको छ । पहिलो इनिङ्समा वेस्ट इन्डिजले ३११ र दोस्रोमा १८१ रन बनाएको थियो ।

पाकिस्तानले पहिलो इनिङ्समा २८२ रन बनाएको थियो । पाकिस्तानका लागि दोस्रो इनिङ्समा मोहमद अबासले २२ रन खर्चेर पाँच विकेट लिएका थिए । पाकिस्तानको पहिलो इनिङ्स ब्याटिङमा सान मसुदले १०९ रन जोडेका थिए । 

See More On

सुझावित समाचार