नेपाल एसबिआई बैंक लिमिटेड चार विधामा सम्मानित भएको छ । बैंक इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको हो । बैंकले बेस्ट बैंक इन एसएमइज एक्सेलेरेसन, बेस्ट पर्फमेन्स अन एसेस क्वालिटी, बेस्ट पर्फमेन्स अन प्रोफिटेबिटी र बेस्ट कमर्सियल बैंक विधाका अवार्ड प्राप्त गरेको हो ।
आइसिसीद्वारा भारतको नयाँदिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द एवं वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले ती सम्मान ग्रहण गरेका छन् ।
यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारले व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिने बताइएको छ ।
साथै, बैंकिङ सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्ने बैंकको भनाइ छ । यस बैंकका एक सय तीन शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, एक सय २७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।