रोनाल्डो बने फिलिमका निर्माता

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण
  • बेलायती फुटबलरको कथामा आधारित भएर बन्ने डे फर्स्ट सिरिजमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लगानी मात्र गरेका छैनन्, उनले अभिनयमार्फत आफ्नो प्रतिभा देखाउनेछन्

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको असफलतापछि पोर्चुंगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अब खेल जीवनसँगै आफ्नो व्यावसायिक यात्रामा अर्को नयाँ अध्याय सुरु गर्ने भएका छन् । रोनाल्डो अब फिलिमका निर्माता बन्ने भएका छन् । बेलायतको चर्चित टिभी कार्यक्रममा उनी निर्माताका रूपमा रहने बिबिसीले जनाएको छ । यो एक ड्रामा हो । यसमा बेलायतका चर्चित फुटबलरको जीवनीमा आधारित ‘ड्रामा’ सिरिज कार्यक्रम चल्ने बिबिसीले जनाएको छ । जसका नाम ‘डे फर्स्ट’ राखिएको छ । 

रमाइलो पक्ष के छ यस ड्रामा स्वयं रोनाल्डोले नै अभिनय गर्नेछन् । उनी मात्र नभएर ‘ड्रामा’मा फ्रान्सका पूर्वकप्तान थिएरी हेनरीले समेत अभिनय गर्नेछन् । रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्टसजस्ता चर्चित युरोपियन क्लबमा व्यावसायिक करिअर बनाएका रोनाल्डो अहिले साउदी प्रो–लिग क्लब अल नासरमा आबद्ध छन् । रोनाल्डोले टेलिभिजन ‘ड्रामा’मा प्रवेशको पहिलो ठुलो कदम हो । सिरिजले बेलायती फुटबलको एक जटिल पक्षलाई प्रभावशाली रूपमा कथामार्फत प्रस्तुत गरिनेछ । 

‘ड्रामा’ का परियोजनाकार समेत रहेका रोनाल्डोले करिअरमा नयाँ अध्याय सुरु गर्दा थप उत्साहित बनेको बताए । ‘मेरो खेल जीवनपछि नयाँ यात्रा अगाडि बढेको छ । म निकै उत्साहित छु,’ उनले भने । 

सिरिज युआर मार्भ स्टुडियोजले निर्माण गर्नेछ । रोनाल्डोले यसै वर्ष बेलायती फिल्म निर्देशक म्याथ्यु भनसँग मिलेर युआर मार्भ स्थापना गरेका थिए । म्याथ्यु भन चर्चित हलिउडका निर्देशक हुन् । ‘हामी परम्परागत निर्माणको शैलीलाई चुनौती दिने उद्देश्यले स्टुडियो स्थापना गरेका हौँ,’ रोनाल्डोले भने । यसैगरी, निर्देशक म्याथ्यु भनले रोनाल्डोको नयाँ प्रयासले अन्य फुटबललाई पनि प्रेरणाको स्रोत बन्ने बताए । ‘रोनाल्डोले मैदानमा अब आफ्ना कथा उतार्नेछन् । उनीसँग मिलेर प्रेरणादायी फिल्म र कथा निर्माण गर्न उत्साहित छु,’ उनले भने । 

बेलायती फुटबलसँग नजिक हुने अवसर
युआर मार्भ स्टुडियोजका निर्देशक म्याथ्युले आगामी सिरिजले बेलायती फुटबलसँग नजिक हुने अवसर पाउने बताएका छन् । ‘यो एक किसिमले नयाँ प्रयोग हुनेछ । मन नपराउने व्यक्ति खासै हुँदैन । अझ यसमा रोनाल्डो स्वयंले अभिनय गर्ने भनेपछि यसको गुणस्तरमा पनि ख्याल पुर्याउनुपर्छ,’ उनले भने, ‘हामीहरूको प्रयास नै बेलायत फुटबलको पुरानो र नयाँ युगमा खेलाडीले भागेको कथाहरू दर्शकसम्म पुर्याउने हो ।’ इंग्लिस प्रिमियर लिगमा रोनाल्डो र थिएरीबिच मैदानमा जुहारी चल्थ्यो । अहिले दुवैलाई एउटै फ्रेममा पाउँदा फरक अनुभव गरेको म्याथ्युले बताए । सिरिजको छायांकन उत्तर–पश्चिम लन्डनस्थित बार्नेट एफसीको मैदानमा सुरु भइसकेको छ । 

टेलिभिजन क्षेत्रमा प्रवेश गर्नु रोनाल्डोको फुटबलबाहिरको बढ्दो व्यावसायिक विस्तार गर्नु हो । उनी विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक हुन् । सामाजिक सञ्जालमा उनका एक अर्बभन्दा बढी फलोअर्स छन् । रोनाल्डो यसअघि विश्वव्यापी विज्ञापन अभियान, डकुमेन्ट्री र आफ्नै सिआर सात ब्रान्डमार्फत विश्व मनोरञ्जन उद्योगमा परिचित छन् । 

सुझावित समाचार