सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीका लागि प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल हुने बताइएको छ । १४ साउनदेखि स्थगित प्रतिनिधिसभा बैठक निरन्तर सञ्चालन गर्ने तयारीस्वरूप सभामुखले बैठक आह्वान गरेका हुन् ।
यसअघि प्रतिनिधिसभामा विधायिकी कामका लागि आवश्यक बिजनेस सरकारले उपलब्ध गराउन नसकेको अवस्था रहेको छ । जसका कारण संसद्को कामकारबाही प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । यस्तै, गत १५ असारदेखि प्रतिनिधिसभा क्यालेन्डरविना नै सञ्चालन हुँदै आएको छ ।