नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नेपालले आइसिसी पुरुष विश्वकप लिग– २ मा नामिबियाविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ। नामिबियाले सुरुमा ब्याटिङ गर्नेछ । 

नेपाल लगातार दुई खेल हारेपछि दबाबमा छ ।  नेपाली टोलीमा एक परिवर्तन  गरिएको छ । भीम सार्की प्लेइङ ११ मा आउँदा ललित राजवंशीले विश्राम पाएका छन् । 

शीर्ष चारको सम्भावना कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । यदि हारले भने नेपालको शीर्ष चारमा रहँदै ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना निकै कम हुनेछ ।

रोहितकुमार पौडेल कप्तानीमा रहेको नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग आठ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएको हो ।

३० खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । समान खेलबाट समान अंकसहित नामिबिया छैटौँ स्थानमा छ ।

सुझावित समाचार