विश्वकपमा सानदार प्रदर्शनपछि युवा खेलाडीको बढ्यो बजार भाउ

सदाझैँ यसपटक पनि ठुलो प्रतियोगितापछि युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन्

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

उत्तर अमेरिकीमय भएको फिफा विश्वकप २०२६ मा स्पेन च्याम्पियन बन्दा युवा खेलाडीले मार्केट भ्यालु (बजार भाउ) ह्वात्तै बढाएका छन् । च्याम्पियन स्पेनसँगै फ्रान्स, नर्वे, इंग्ल्यान्डका खेलाडीले आफ्नो बजारमूल्य बढाएका हुन् । सदाझैँ यसपटक पनि ठुलो प्रतियोगितापछि युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन् र बजारमा आफ्नो मूल्य बढाए । धेरै खेलाडीले आफ्नो मूल्य दोब्बरले बढाएका छन् । सबैभन्दा धेरै मार्केट भ्यालु स्पेनिस स्टार लामिन यमलको बढेको छ । उनको मूल्य २२० मिलियन युरो पुग्यो । त्यसपछि म्यानचेस्टर सिटी तथा नर्वे स्टार एर्लिङ हाल्यान्डको बजारमूल्य बढेको छ ।

लामिन यामल 
मार्केट भ्यालु– २२० मिलियन युरो  
क्लब – बार्सिलोना

स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जित्दाका मुख्य खेलाडी हुन् लामिन यामल । यी १९ वर्षीय स्ट्राइकरले खतरनाक ड्रिब्लिङ गर्दै विपक्षीलाई आफ्नो दबाबमा राख्न सफल भए । टिमलाई विश्वकप जिताएपछि उनको मार्केट भ्यालु ह्वात्तै बढेर २२० मिलियन युरो पुगेको छ । हाल उनी स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । पछिल्लोपटक उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो । बार्सिलोनाको ला मासिया हुँदै सिनियर टिममा आबद्ध भएका राइट विंग्सबाट खेल्ने यी खेलाडीको सम्झौता सन् २०३१ सम्म रहेको छ । विश्वकपअघि उनको भ्यालु २० मिलियन युरो थियो ।

एर्लिङ हाल्यान्ड 
मार्केट भ्यालु – २२० मिलियन युरो
क्लब – म्यानचेस्टर सिटी

२८ वर्षपछि नर्वेलाई विश्वकपमा छनोट गराएका खेलाडी हुन् एर्लिङ हाल्यान्ड । छनोटमा जस्तै उनले विश्वकपमा पनि सानदार प्रदर्शन गरे र टिमलाई पहिलोपटक क्वार्टरफाइनलसम्म पुर्याए । ब्राजिललाई हराउँदै टिम सानदार यात्रा तय गर्न सफल भएको थियो । तर, अन्तिम चार प्रवेशको खेलमा इंग्ल्यान्डसँग चुक्यो । यसक्रममा हाल्यान्डले सात गोल गरेका थिए । विश्वकपमा प्रभावशाली प्रदर्शनपछि हाल्यान्डको मार्केट भ्यालु बढेको हो । विश्वकपअघि उनको भ्यालु २०० मिलियन युरो थियो । बोरुसिया डर्टमन्डबाट सन् २०२२ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका २६ वर्षीय हाल्यान्डको सम्झौता सन् २०३४ सम्म रहेको छ । उनले सिटीलाई च्याम्पियन्स लिग एकपटक, दुईपटक प्रिमियर लिग, दुईपटक एफए लिगसँगै धेरै उपाधि जिताइसकेका छन् । 

केलिएन एम्बाप्पे 
मार्केट भ्यालु – २०० मिलियन युरो
क्लब – रियल मड्रिड

गत वर्षदेखि नै रियाल मड्रिडबाट खेलिरहेका छन् केलिएन एम्बाप्पे । यस विश्वकपमा फ्रान्सलाई टोलीलाई चौथो स्थान दिलाउँदा एम्बाप्पेले आफ्नो मार्केट भ्यालु झनै बढाएका छन् । २७ वर्षीय यी खेलाडीले १० गोलसहित गोल्डेन बुट जिते । विश्वकपको सर्वाधिक गोलकर्ताको नाममा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन् । सेन्टल फरवार्डलाई यसअघि नै रियालले सन् २०२९ सम्मका लागि सम्झौता गरेको थियो । तर, पहिलो वर्ष उनले रियाललाई कुनै उपाधि जिताउन सकेनन् ।  
टोली च्याम्पियन्स लिग र ला लिगा दुवै जित्न सकेन । त्यस्तै, फ्रान्सलाई पनि विश्वकप उपाधि जिताउन सकेनन् । विश्वकपअघि उनको भ्यालु १८० मिलियन युरो थियो ।

माइकल ओलिसे 
मार्केट भ्यालु – १७० मिलियन युरो
क्लब – बायर्न म्युनिख

विश्वकपमा फ्रान्सको अट्याक खतरनाक हुँदा प्रभावशाली प्रदर्शन गर्ने अर्का खेलाडी हुन् माइकल ओलिसे । यी विंगरले सानदार प्रदर्शन गर्दै सर्वाधिक सात असिस्ट गरे । उनले ब्राजिलका पेलेको ६ असिस्टको कीर्तिमान तोडेका हुन् । 

विश्वकपमा सानदार प्रदर्शनपछि यी अट्याकरको मार्केट भ्यालु १५० मिलियन युरोबाट १७० मिलियन युरो पुगेको छ । यी २४ वर्षीय खेलाडी हाल जर्मन बुन्डेसलिगा क्लब  बायर्न म्युनिखबाट खेलिरहेका छन् । सन् २०२३ मा क्रिस्टल प्यालेसबाट बायर्न पुगेका उनीसँग क्लबले सन् २०२९ सम्म सम्झौता गरेको छ । पछिल्लोपटक बायर्नले जर्मन बुन्डेसलिगा उपाधि जित्दा यी खेलाडीले सानदार प्रदर्शन गर्दै आएका छन् । 

जुड बेलिंघम 
मार्केट भ्यालु – १६० मिलियन युरो
क्लब –  रियल मड्रिड 

उपाधि दाबेदार इंग्ल्यान्ड सेमिफाइनलमै अर्जेन्टिनासँग रोकियो । तर, मिडफिल्डर जुड बेलिंघमले आफ्नो सानदार प्रदर्शन निरन्तरता विश्वकपमा पनि दिए । विश्वकपमा उनले सात गोल गरे । कप्तान ह्यारी केन ६ पछि धेरै गोल गर्ने बेलिंघम हुन् । अन्तिम खेलमा फ्रान्सविरुद्ध पनि उनी हाबी भएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शनसँगै उनको मार्केट भ्यालु १६० मिलियन युरो पुगेको छ । 

अट्याकिङ मिडफिल्डर सन् २०२३ बाट रियल मड्रिड पुगेका हुन् । त्यसअघि बोरुसिया डर्टमन्डका लागि खेले । इंग्ल्यान्डका लागि ५० माथि खेल खेलिसकेका बेलिंघमले यो विश्वकपमा डिएगो म्यारोडोनासँगै लगातार दुई खेलमा दुई गोल गर्ने कीर्तिमान बराबरी गरेका थिए । विश्वकपअघि उनको भ्यालु १३० मिलियन युरो थियो ।

See More On

सुझावित समाचार