ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौँको सोल्टी होटेलमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो।
विद्युतीय सवारीसाधन ब्रान्ड दिपलकाे मुख्य प्रायोजनमा ‘तपाईंजस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता हुन लागेकाे हाे। आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस वर्षको कार्यक्रमका लागि अझ भव्य तयारी गरेको बताइन्। अडिसन भने अगस्ट १ मा हुने उनले जानकारी दिइन्। फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटेलमै हुनेछ।
आयोजक संस्थाकी सिइओ सबी पुरीका अनुसार मिस युनिभर्स नेपाल २०२६ मा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्नेछन्। साथै नेपालबाहिर रहेका गैरआवासीय नेपालीले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
प्रशान्त ताम्राकारले कोरियोग्राफी गर्ने प्रतियोगितामा एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सहप्रायोजकका रूपमा आबद्ध भएका छन्।