हवाई फायर गरी दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

लागुऔषध नियन्त्रण ब्युरोले धनुषामा हवाई फायर गरी दुई भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

शुक्रबार मिथिला नगरपालिका– ६ मा लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा बर्दीबासबाट खटिएको टोलीले भारतको मधुवनी जिल्लाका २८ वर्षीय सन्तोषकुमार महताे र ४५ वर्षीय मिथिलेश साहुलाई पक्राउ गरेको हो।

ब्युरोको टोली पुगेपछि भागेका उनीहरूलाई रोकिनका लागि चेतावनीस्वरूप एक राउन्ड हवाईफायर गरेको ब्युरोले जनाएको छ। बरामद ९५ ग्राम ५९० मिलिग्राम खैरो हिरोइनसहित उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा बुझाइएको ब्युरोले जनाएको छ।

सुझावित समाचार