जिल्ला प्रहरी परिसर, काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान जारी रहेको जनाएको छ। हाजिरी जमानीमा छुटेका उनीहरूको हकमा प्रमाण संकलनको काम भइरहेको प्रहरीको भनाइ छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो मुद्दामा लासजाँच मुचुल्का तथा शव परीक्षणलगायतका सम्बन्धित कागजातको अध्ययन, सिसिटिभी फुटेज संकलन एवं विश्लेषण, प्रत्यक्षदर्शी एवं घटना देख्ने थाहा पाउने व्यक्तिको कागजसमेतका अनुसन्धान भइरहेको जानकारी दिइएको हो।
जेन–जी आन्दोलनमा दमन गरेको घटनामा जाँचबुझ आयोगको प्रतिवेदनअनुसार उनीहरू गत १४ चैतमा पक्राउ परेकोमा अदालतको आदेशमा २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए।