नेपालमा भारतबाट १२ खर्बको आयात, चीन दोस्रो र अर्जेन्टिना तेस्रो

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

नेपालले सबैभन्दा धेरै वस्तु भारतबाट १२ खर्बभन्दा बढीको आयात गरेको छ । तथ्यांकअनुसार कुल आयातको झन्डै ५८ प्रतिशत हिस्सा भारतबाट मात्रै आएको देखिएको छ । चीन दोस्रो ठुलो आयात साझेदार बनेको छ । एक वर्षमा चीनबाट चार खर्ब २५ अर्ब २४ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ । यो कुल आयातको करिब २० प्रतिशत हो ।

तेस्रो स्थानमा अर्जेन्टिना रहेको छ । अर्जेन्टिनाबाट एक खर्ब १६ अर्ब ३८ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ । मुख्यतः सोयाबिन तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका रूपमा सोयाबिन र अन्य कृषि वस्तुको आयातका कारण अर्जेन्टिना शीर्ष तीनमा परेको हो ।

त्यसपछि संयुक्त अरब इमिरेट्सबाट ५२ अर्ब १६ करोड, अमेरिकाबाट ३२ अर्ब ७१ करोड, इन्डोनेसियाबाट २२ अर्ब १८ करोड, अस्ट्रेलियाबाट २० अर्ब ३९ करोड, थाइल्यान्डबाट १८ अर्ब ३६ करोड रुपैयाँ, ब्राजिलबाट १७ अर्ब ७६ करोड रुपैयाँ र मलेसियाबाट १५ अर्ब ५० करोड रुपैयाँबराबरका वस्तु नेपालले आयात गरेको छ । तथ्यांकले नेपालको आयात दुई छिमेकी मुलुक भारत र चीनमै अत्यधिक केन्द्रित रहेको देखाएको छ । यी दुई देशबाट मात्रै १६ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । नेपालको कुल आयातको करिब ७८ प्रतिशत हो ।

See More On

सुझावित समाचार