विश्वकप लिग २ मा नेपालको अर्काे खराब ब्याटिङ, नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अर्काे खराब नतिजा निकालेको छ।  बिहीबार घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध हार बेहोरोको छ। 

 टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.४ ओभरमा अलआउट हुँदा १५७ भएको थियो । 

१५८ रनको लक्ष्य पाएको डच टोलीले ४४.१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। 

खेलमा नेपालको ब्याटिङ यसअघिझैँ कमजोर हुन पुग्यो। निकै कमजोर सुरुवात गरेको नेपालका लागि आरिफ शेखले ९० बलमा ४१ रन जोडे। टोलीका लागि सर्वाधिक रनको योगदान गर्ने क्रममा उनले चार चौका प्रहार गरे। गुल्सन झाले एक चौका र दुई छक्काको मद्दतमा २९ रन बनाए। उनले ४२ बल सामना गरेका थिए।

यसैगरी, दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन, आसिफ शेखले १७ बलमा १४, करण केसी २० बलमा १३ (अविजित) र सोमपाल कामीले १५ बलमा १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सन्दीप लामिछाने र ललित राजवंशी कुनै रन नजोडी पेभेलियन फर्किँदा कुशल भुर्तेल नौ, ईशान पाण्डे चार र रोहित पौडेल ३ रन मात्र जोड्न सफल भए। बलिङतर्फ सोमपाल, दीपेन्द्र र ललितले १–१ विकेट लिए। 

नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एडवार्डले अविजित ६१ रनको पारी खेलेका थिए। 

मंगलबारको खेलमा नेपाल नामिबियासँग पनि पराजित भएको थियो। लगातार दुई हारसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ।  सिरिजमा अब नेपालका दुई खेल बाँकी छन्। 
 

सुझावित समाचार