साउन पहिलो सातासम्म देशभर ८० प्रतिशत धान रोपाइँ

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

साउन पहिलो सातासम्म देशभर करिब ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार ७ साउनसम्म १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १० लाख ९० हजार ३३६ हेक्टर अर्थात् ७९.३६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको हो।

प्रदेशगत रूपमा सुदूरपश्चिम ९०.६७ प्रतिशत रोपाइँसहित अग्रस्थानमा रहेको छ। मधेशमा ७८.६० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय सुधार हो। कोशीमा ७३.९४ प्रतिशत, लुम्बिनीमा ८०.६५ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

सुझावित समाचार