प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत प्रस्थान गरेको छ। भारतका प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा टोली एअर इन्डियाको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गरेको हो।
भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी श्रीमती उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेतीसमेत सहभागी छन्।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै द्विपक्षीय हित तथा न्यायिक सहयोगका विषयमा छलफल गर्ने बताइएको छ।
भ्रमण सम्पन्न गरी प्रधानन्यायाधीश नेतृत्वको टोली साउन ११ गते सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ।