राष्ट्रसंघ मुख्यालयदेखि नौ मिसनमा कुल चार हजार ९० नेपाली सैनिक खटिएका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) मिसनमा नेपाली सेनाको सबैभन्दा ठुलो उपस्थिति छ ।
दुई बटालियन तथा एक सैनिक प्रहरीको कम्पनीसमेत गरी जम्मा एक हजार ७२ जना सैनिक कार्यरत छन् । त्यस्तै, दक्षिण सुडानमा रहेको मिसनमा पनि दुई बटालियन र एक कम्पनी गरी एक हजार ४६ सैनिक खटिएका छन् । कंगोमा रहेको मिसनमा एक बटालियन, एक इन्जिनियर कम्पनी तथा एउटा क्विक रियाक्सन फोर्ससमेत जम्मा ९६९ सैनिक तैनाथ छन् ।
लेबनानमा पनि एउटा बटालियन तथा सैन्य पर्यवेक्षक र स्टाफ अधिकृतसमेत जम्मा ५५३ सैनिक खटिएका छन् । लेबनानबाट यो वर्ष अन्तिम (डिसेम्बर) देखि शान्ति सैनिक मिसन बन्द गर्ने राष्ट्रसंघको निर्णय छ । सिरियामा मुख्यालयको सुरक्षा गर्ने कम्पनी, इन्जिनियर प्लाटुन तथा लेभल एक अस्पतालका स्वास्थ्यकर्मी सैनिकसमेत जम्मा २४७ नेपाली सैनिक खटिएका छन् ।
त्यस्तै, लिबियाको विशेष गार्ड एकाइमा १६७ सैनिक र एक स्टाफ अधिकृत गरी कुल १६८ कार्यरत रहेको सेनाले जनाएको छ । यसबाहेक अबेई सुडान, इजरायल, संयुक्त राष्ट्रसंघीय मुख्यालयमा खटिएका स्टाफ अधिकृत र पर्यवेक्षकको संख्या ३५ छ ।