चक्रपथको कलंकी–महाराजगन्ज खण्डका तीन ठाउँमा अकासे पुल बन्ने भएको छ । चक्रपथको कलंकी–महाराजगन्ज खण्डमा तीन ठाउँमा अकासे पुल निर्माणको डिजाइन तयार भइसकेको छ । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख आशिका पोखरेलका अनुसार सीतापाइला, बालाजु र ग्रिनसिटी अस्पतालनजिक अकासे पुल बन्नेछन् ।
चिनियाँ ठेकेदार कम्पनीले बनाउने ती पुल निर्माण केही महिनामै अघि बढ्ने पोखरेलले बताइन् ।
‘उपत्यकामा अकासे पुलको अभाव नै छ, कलंकी–महाराजगन्ज खण्डमा तीन अकासे पुल निर्माण हुन्छन्, चक्रपथको ललितपुर खण्डमा ललितपुर महानगरपालिकाको सहयोगमा पुल निर्माणको काम भइरहेको छ,’ उनले भनिन्, ‘कलंकी–महाराजगन्ज खण्डमा चिनियाँ कम्पनीले नै बनाउँछ, जसको डिजाइन तयार भइसकेको छ ।’