सुनको मूल्य तोलामा एक हजारले बढ्यो

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनप नि सुनको भाउ ६ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य आज दुई लाख ४४ हजार ८५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य दुई लाख ४४ हजार रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार ३२० रुपैयाँ रहेको थियो।

यसरी एक दिनको अवधिमा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँ वृद्धि भएको हो। 

सुझावित समाचार