कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । बैंकको वित्तीय विवरणअनुसार सो अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने यस्तो नाफा ६६ करोड ९७ लाख थियो । अघिल्लो आवको तुलना गर्दा गत आवको नाफा ३३.५१ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकले दुई अर्ब ४१ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा एक अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी दुई अर्ब ३१ करोड र सञ्चालन नाफा एक अर्ब चार करोड थियो । यस्तै, बैंकको निष्क्रिय कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ ।