बालगृहबाट २० बालबालिकाको उद्धार

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शनिबार काठमाडौंमा रहेको नेपाल बाल संगठनको बालगृहबाट २० जना बालबालिकाको उद्धार गरेको छ ।

मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा उद्धार गरेका बालबालिकामध्ये १२ बालक र आठजना बालिका छन् । उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले बताएको छ । 

बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएपछि बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले उद्धार गरेको हो । 

See More On

सुझावित समाचार