नसर्ने रोगका कारण बढ्दो छ मृत्युदर

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

नेपालमा नसर्ने रोगका कारण मृत्युवरण हुनेको संख्या पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मुटु रोगका कारण वार्षिक ३० हजारको मृत्यु हुन्छ। जसमा एकतिहाइ मृत्यु १३ देखि ४५ वर्ष उमेर समूहका छन्। त्यस्तै, सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने विभिन्न नसर्ने रोगकै कारण वार्षिक ३९ हजार दुई सयको मृत्यु हुन्छ।

क्यान्सरका कारण वार्षिक १४ हजार ६ सयको मृत्यु हुन्छ । मधुमेहका कारण वार्षिक ६ हजार पाँच सय, उच्च रक्तचापका कारण दुई हजार ९२, मिर्गौला फेल भएर तीन हजार दुई सय र श्वासप्रश्वाससम्बन्धी रोगका कारण ३४ हजार ३४७ मृत्यु हुने गरेको छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नेपालमा मुटसँगै अन्य नसर्ने रोगका भार बढेकाले सचेत हुनुपर्ने बताए। ‘पछिल्लो समय युवा पुस्तामा मुटु बिग्रिने क्रम बढ्दो छ, अन्य नसर्ने रोग पनि बढिरहेको छ, अहिलेको परिवेश, खानपान र डिभाइसका कारण युवाहरूमा मुटु, श्वासप्रश्वाससम्बन्धीको समस्या बढ्दो छ,’ उनले भने, ‘नसर्ने रोग बढ्दो भनेको बिरामी मात्रै नभएर परिवार, समाज र देशलाई नै भार पर्नु हो, कतिपय नसर्ने रोगका कारण परिवार मात्रै होइन देश नै गरिबीतर्फ धकेलिनुपर्ने अवस्था छ ।’

सुझावित समाचार