बर्डफ्लु नियन्त्रणपछि सदर चिडियाखाना पुनः सञ्चालन (तस्बिरसहित)

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

ललितपुरस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ। काग, गिद्ध, हाँसलगायत पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रण, सरसफाइ तथा आवश्यक व्यवस्थापन पूरा भएपछि पुनः खोलिएको हो।

चिडियाखाना प्रशासनका अनुसार वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि सञ्चालन सुरु गरिएको हो। हाल चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहनेछ। प्रशासनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गर्न र रातो रिबनले घेरिएका संक्रमित खोरनजिक अनावश्यक रूपमा नजान आग्रह गरेको छ।

सुझावित समाचार