नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा आज ‘नागढुंगा टनेल फन रन एन्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आयोजनामा याे कार्यक्रम गरिएको हाे। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसकेको छ। अब यसलाई पूर्ण रूपमा गाडी गुड्ने गरी सञ्चालनमा ल्याउनुअघि पूर्व-तयारी र प्रचार-प्रसार स्वरूप यो विशेष कार्यक्रम गरिएको हो।
हेर्नुस् केही तस्बिरहरू :











