३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

साउन लागेसँगै ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फत ल्याउन लागिएको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ।

सोमध्ये एक हजार २५० मेट्रिक टन मल शुक्रबार नेपालतर्फ ढुवानी सुरु भएको छ। आज ढुवानी सुरु भएको सो मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।

बाँकी रहेको मल कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको छ। प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नेपाल भित्रिने सचिवालयले जनाएको छ।

सुझावित समाचार