प्रविधि अधिकारी ‘योङ साइन्टिस्ट प्रोग्राम’मा आबद्ध

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

बाल आविष्कारक एवं कोडर प्रविधि अधिकारी प्रतिष्ठित ‘योङ साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन्। 

कोडिङ, गेम डेभलपमेन्ट, समस्या समाधान गर्ने क्षमता र सामूहिक सहकार्यका माध्यमबाट विद्यार्थीहरूमा भविष्यका लागि आवश्यक प्राविधिक सिप र आत्मविश्वास विकास गराउने यस कार्यक्रममा उनको सहभागिताले अन्य कोडर छात्राहरूका लागि समेत एउटा बलियो प्रेरणाको स्रोत खडा गरेको छ।

नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षा प्रदान गर्न दूरशिक्षा एजुकेसन नेटवर्कले पनि उल्लेखनीय भूमिका खेलेको छ। दूरशिक्षाले अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित प्रविधि अनुसन्धान तथा प्रमाणीकरण संस्था STEM.org सँगको साझेदारीमा विश्वस्तरीय शिक्षण विधि नेपाल भित्र्याएको हो। यस्ता विश्वस्तरीय पाठ्यक्रमको प्रयोगले नेपाली युवा मस्तिष्कलाई विश्व मानचित्रमा प्रस्तुत गर्न सफल भएको र नेपाली बालबालिकाहरू विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य छन् भन्ने तथ्यलाई प्रमाणित गरेको छ।

यस्ता दूरगामी र गुणस्तरीय शैक्षिक अभियानहरूका कारण प्रविधि अधिकारीजस्ता बाल आविष्कारकहरू केवल कोड लेख्न मात्र सिकिरहेका छैनन्, बरु देशको प्रविधि क्षेत्रको भविष्य उज्यालो बनाउँदै एक समृद्ध र डिजिटल नेपालको बलियो जग निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्।

सुझावित समाचार