वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको संख्या ५.६१ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा कुल सात लाख ९२ हजार १७३ नेपाली सयभन्दा बढी मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेका छन् । यो संख्या अघिल्लो आव ०८१/८२ को तुलनामा ४७ हजार ९३ ले कम हो ।
विभागका अनुसार आव ०८१/८२ मा आठ लाख ३९ हजार २६६ नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारी गर्न पुगेका थिए ।
लामो समयपछि श्रमका लागि विदेश जाने नेपालीको संख्यामा कमी आएको विभागको भनाइ छ। असारमा मात्रै ६९ हजार ३६२ नेपाली श्रमका लागि एक सय मुलुक पुगेको विभागको तथ्यांक छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ च्यानलमार्फत नेपाल पठाउने रकममा सुधार आइरहेका कारण रेमिट्यान्स आप्रवाह पनि बढ्दै गएको छ ।