लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन आचार्यले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको बताइएको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
पदभार ग्रहणपछि आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।