विजेताले पाउँछ ५० मिलियन अमेरिकन डलर

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

फिफाले पहिलोपटक सर्वाधिक ४८ राष्ट्रबिच खेलाएको विश्वकपमका अब फाइनल र तेस्रो स्थानको खेल मात्र बाँकी छन् । पहिलोपटक तीन राष्ट्र आयोजक बनेको विश्वकपको विजेता मालामाल हुनेछ ।

चालू संस्करणमा फिफाले कुल ६५५ मिलियन डलर (करिब ८७ अर्ब नेपाली रुपैयाँ)को पुरस्कार कोष घोषणा गरेको छ । चार वर्षअघि कतारमा भएको विश्वकपको तुलनामा पुरस्कार धनराशि ५० प्रतिशतले बढी हो ।

पुरस्कार राशि फिफाले सिधै खेलाडीलाई नदिएर सम्बन्धित देशको फुटबल संघलाई दिने गर्छ । संघले नै रकम खेलाडी, प्रशिक्षकलाई बाँड्ने वा देशको फुटबल विकासमा खर्च गर्ने निर्णय गर्छ । विकसित राष्ट्रले विश्वकपमा प्राप्त रकम परोपकारमा खर्च गर्ने वा महिला र पुरुष टोलीबिच समान रूपमा बाँड्ने सहमति गरिसकेका छन् । 

See More On

सुझावित समाचार