विशेष अदालतले घुस लिएको आरोपमा दोषी ठहर सुनील पौडेल र दीपक आनन्दलाई साढे आठ वर्ष सजाय सुनाएको छ। विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गरेकाे हो।
पौडेल र आनन्दलाई अदालतले जनही एक करोड ५४ लाख २५ हजार दुई सय रुपैयाँ जरिवाना तोकेको छ। पौडेल कसुर हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रको तत्कालीन कार्यकारी निर्देशक पदमा रहेकाले उनलाई थप ६ महिना कैद सजाय तोकिएको छ।
साथै प्रतिवादीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३)बमोजिम जनही ६ लाख १७ हजार आठ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न भनिएकाे छ।