बुटवल सीमापार प्रसारणलाइनलाई २२० केभीमा सञ्चालन गरिने

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

निर्माणको अन्तिम चरणमा रहेको ४०० केभीको नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको नेपाल खण्डलाई अल्पकालीन रूपमा २२० केभी क्षमतामा सञ्चालन गरिने सहमति भएको छ । त्यसमा १३० मेगावाटसम्म विद्युत् आयात गर्न सकिने र २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने गरी निर्माण कार्य अगाडि बढाउन सहमति भएको छ ।

ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले नेपाल भारतबिचको ऊर्जा सहकार्यमा दीर्घकालीन सहयोग हुने गरी बैठकमा सहमति भएको बताए । ‘यसले अन्तरदेशीय विद्युत् प्रसारण क्षमता बढाएको छ । हामीले २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ । त्यसमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता नै भइसकेको छ । सोबराबरको विद्युत् प्रवाह गर्न पुग्ने गरी अन्तरदेशीय पूर्वाधार बनाउनुपर्नेछ,’ उनले भने ।

सुझावित समाचार