उदयपुरमा खोलाले बगाउँदा ९ वर्षीय बालक बेपत्ता

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित गैरीटोलका ९ वर्षीय गणेश तामाङलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। बेपत्ता भएका गणेश स्थानीय चाबा तामाङका छोरा हुन्।

बुधबार दिउँसो गराँसस्थित नाराङ्गे (नारायणी) खोला र कमला नदीको दोभान क्षेत्रमा साथीहरूसँग माछा मार्दै पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलले जानकारी दिए।

डिएसपी खरेलका अनुसार गणेशसँगै एकैगाउँका पाँच बालबालिका खोलामा गएका थिए। घटनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ।

सुझावित समाचार