नेपाली परिवारमा लोकप्रिय बन्दै गोदरेज रेफ्रिजेरेटर

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेपाली घरपरिवारमा गोदरेजका रेफ्रिजेरेटर लोकप्रिय बन्दै गएका छन् । यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको बताइएको छ ।

यसैलाई ध्यानमा राख्दै गोदरेज एप्लायन्सेसको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले गोदरेज रेफ्रिजेरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको बताइएको छ ।

‘आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैँमा ठुलो राहत हो,’ कम्पनीले भनेको छ, ‘गोदरेज रेफ्रिजेरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको छ ।’

कम्पनीका अनुसार गोदरेजका नयाँ उत्पादनमा एआई पावर्ड टेक्नोलोजी, फुड लोड ट्र्याकिङ, युसेज मोनिटरिङ, स्मार्ट डिफ्रस्ट, नानो सिल्ड टेक्नोलोजीलगायतका सुविधा समावेश छन् । यी विशेषताले खाद्य सामग्रीलई ताजा, सुरक्षित र व्यवस्थित राख्दै उपभोक्ताको दैनिक जीवनलाई थप सहज बनाउने दाबी कम्पनीको छ । 

सुझावित समाचार