ताप्लेजुङको एक मात्र विमानस्थल सुकेटरमा प्रतिकूल माैसमका कारण गत जेठ २२ गतेदेखि उडान अवरुद्ध भएको छ। नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले निरन्तर वर्षा, हुस्सु कुहिरोका कारण उडान हुन नसकेको बताए।
सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनेटर जहाजले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको थियो। एक महिनाभन्दा बढी समयदेखि उडान बन्द भएपछि यात्रुहरू लामो सडक यात्रामा निर्भर हुन बाध्य छन्।
सडकमा बाढीले डाइभर्सन बगाउने र अकाशमा मौसम नखुल्ने अवस्थाले पूर्वी पहाडका नागरिकको आवागमन, खाद्यान्न ढुवानी तथा दैनिक जनजीवन प्रभावित भएको छ।