भोलिदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिन्डर पाइने

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले बुधबारबाट १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ।

२९ फागुनदेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर मात्रै प्रयोगमा रहेकोमा चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन्।

भारतबाट प्रतिदिन १ सय बुलेट ग्यास आउने सुनिश्चितता भएकाले भोलिबाट पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। यद्यपि, केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहने उनले बताए।

‘मंगलबारसम्म डिलरकहाँ पुगेका आधा तौल भएका सिलिन्डरहरू बिक्री गर्न दिनेछौँ,’ उनले भने, ‘आधा तौलका सिलिन्डरहरू भने उपभोक्ताले नापजाँच गरेर मात्र लिन अनुरोध छ।’

बुधबारबाटै पूर्ण तौलका सिलिन्डर प्रयोगमा आउने र आगामी दिनमा पनि ग्यास आपूर्ति सहज रूपमा हुने भएकाले उपभोक्तालाई भिड नगरी खरिद गर्न उनले आग्रह गरेका छन्।

सुझावित समाचार