शंकास्पद गाडी पार्किङ घटनाको छानबिन गर्न कांग्रेस प्रमुख सचेतक थापाको माग

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मिडियाहरू प्रत्यक्ष प्रभावित हुने गरी सवारी पार्किङ गरिएको शंकास्पद घटनाको छानबिन गर्न माग गरेकी छिन्।

सञ्चारमाध्यमका मुख्य गेटमा सवारीसाधन पार्क गरेको घटनाले प्रश्न उठेको बताउँदै थापाले सामाजिक सञ्जालमार्फत छानबिन गर्नुपर्ने धारणा राखेकी हुन्।

‘यो केवल संयोग थियो, वा यसको पछाडि कुनै उद्देश्य थियो ? यदि उद्देश्य थिएन भने मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै किन रोजियो ? यी प्रश्नहरूको उत्तर अनुमान वा आशंकाबाट होइन, निष्पक्ष र विश्वसनीय छानबिनबाट आउनुपर्छ,’ उनले फेसबुकमा लेखेकी छिन्।

यस्ता घटनाको छानबिनले राज्यका निकायहरूप्रतिको जनविश्वाससमेत सुदृढ बनाउने उल्लेख गर्दै उनले भनेकी छिन्, ‘आधुनिक समाजमा स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ हुन्। त्यसैले यस घटनाको सत्यतथ्य पारदर्शी ढंगले सार्वजनिक हुनु आवश्यक छ।’

सुझावित समाचार