इन्टर्न डाक्टर फेरि आन्दोलनमा (तस्बिरहरू)

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै इन्टर्न डाक्टरहरूले आजदेखि पुनः आन्दोलन सुरु गरेका छन्।

आन्दोलनरत इन्टर्न डाक्टरहरूले विशेष गरी सरकारले यसअघि नै सम्झौतामार्फत प्रतिबद्धता जनाएको इन्टर्न डाक्टरलाई अधिकृतस्तरको सुविधाको आधा सुविधा उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

त्यसैगरी, 'एक डाक्टर–एक अस्पताल' को व्यवस्था लागू गर्नुपर्ने, हप्तामा अधिकतम ४७ घण्टा मात्रै ड्युटी सुनिश्चित गर्नुपर्ने तथा सुरक्षित र मर्यादित कार्य वातावरण उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

यसअघि सरकारसँग भएका विभिन्न चरणका वार्तामा यी मागहरू सम्बोधन गर्ने सहमति भए पनि कार्यान्वयन नभएकाले पुनः आन्दोलनको बाटो रोज्नुपरेको इन्टर्न डाक्टरहरूको भनाइ छ। उनीहरूले सरकारलाई तत्काल सम्झौता कार्यान्वयन गरी आफ्ना जायज माग पूरा गर्न आग्रह गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार