गणेश नेपालीका आमाबुबा काठमाडौं आइपुगे

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नगर प्रहरीसँगको विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका मुगुका गणेश नेपालीका आमाबुबा काठमाडौं आइपुगेका छन्। छोराको मृत्युको खबर पाएपछि शुक्रबार उनीहरू काठमाडौं आएका हुन्। 

राइडरको काम गर्दै आएका नेपाली र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबिच मोटरसाइकल पार्किङको विषयमा बिहीबार त्रिपुरेश्वरको राहदानी विभागअगाडि विवाद भएको थियो । ‘नो पार्किङ’मा मोटरसाइकल राखेको भन्दै नगरप्रहरीले ह्विल लक लगाएका थिए। विवाद भएको केही समयपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। 

निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव बुझेका छैनन्। 

मृतकका आमाबुबा काठमाडौं आइपुगेको र घटनाबारे विस्तृत छानबिन अघि बढेको काठमाडौं परिसरका एसपी पवन भट्टराईले बताए। 

सुझावित समाचार