सुनको मूल्य घट्यो

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहीबारको कारोबारमा सुनको मूल्य दुई हजार चार सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य नाै सय रुपैयाँले ओरालो लागेको थियो । सुनको मूल्य गत आइतबारदेखि घट्न थालेको हो । त्यसयता सुनको भाउ तोलामा पाँच हजार ६ सय रुपैयाँले घटिसकेको छ ।

यस्तै, आज सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदी १६० रुपैयाँले घट्दै प्रतितोला चार हजार ३४० रुपैयाँमा सीमित बनेको छ ।  

सुझावित समाचार