सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका– ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ।
बैंकको बढैयाताल शाखामार्फत उक्त सहयोग गरिएको हो। २०४५ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत छन्। जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन्।
विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको जनाएको छ। विद्यालयमा आयोजित एक समारोहबीच बैंकले ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, झोला र जेएडब्लुएस सफ्टवेयर कम्प्युटरलगायत सामग्री वितरण गरेको हो।