मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ।
सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ रहेको थियो। तुलनात्मक रूपमा हेर्दा गत मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला चार हजार पाँच सय ८५ रुपैयाँ रहेको चाँदी मंगलबार चार हजार पाँच सय ५५ रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको महासंघले जनाएको छ।
गत मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार दुइ सय ८५ रुपैयाँ रहेको थियो।