टाइम फर्मास्युटिकल्सको रोड सो

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स लिमिटेडले छलफल कार्यक्रम (रोड सो) गरेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि रोड सो कार्यक्रम गरेको हो । कार्यक्रममा एक सय ४५ भन्दा बढी लगानीकर्ताको उपस्थिति थियो ।

कम्पनीका अनुसार कार्यक्रममा लगानीकर्तालाई आशयपत्रको फारामसमेत वितरण गरिएको छ । उक्त आशयपत्र सेयर निष्कासक तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र स्वयं कम्पनीबाट पनि टाइम फर्मास्युटिकल्सबाट समेत फाराम पाउन सकिने जनाइएको छ । कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरेका अनुसार बुकबिल्डिङ विधिबाट सेयर निष्कासन गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड र टाइम फर्मास्युटिकल्सबिच सिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन सम्झौता भइसकेको छ ।

कम्पनीले २०.५ प्रतिशत हुन आउने कुल १० करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको १० लाख ८६ हजार पाँच सय कित्ता सेयर बिक्री गर्न लागेको हो । कुल निष्कासनको ४० प्रतिशत अर्थात् चार लाख ३४ हजार ६ सय कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता छुट्याइएको र बाँकी सर्वसाधारणलाई जारी गरिने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ । 

सुझावित समाचार